वीरगंज/ २२ मंसिर
पर्साको विन्दवासिनी गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पव्लिक विधालयको प्राङ्गणमा आज एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ।
“प्रेम सबै लाई गर कसैलाई घृणा न गर भन्ने मुल नाराका साथ आज आखाँ शिविर सम्पन्न भएको छ।
केडिया आखाँ अस्पतालको प्रविधि सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा शिविर सम्पन्न भएको छ।
शिविरमा ४५२ जनाको आखाँ जाँच गरिएको थियो जस्मा १५० जना मोतियाबिन्दुको बिरामी फेला परेका छन्। मोतियाबिन्दुको बिरामीको अप्रेसन परवानीपुर केडिया आखाँ अस्पतालमा हुने सो शिविरमा केडिया आखाँ अस्पतालको प्रविधिक डक्टर डा अम्बिका साह,व्यास महतो,कैशल कुमार कर्ण रहेका थिए।
सो कार्यक्रमको पुर्व प्रदेश सभा सदस्य प्रह्लादलाद गिरीको मुख्य आतिथ्यमा सम्पन भएको छ,भने विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर ,केडिया आखाँ अस्पतालका डा. राज किशोर साह रहेका थिए।
शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले बताए।
आखाँ शिविर कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

