नवलपरासी ,२२ मंसिर।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा “पोषण मार्फत जीवन रुपान्तरण” कार्यक्रम सम्पन्न भएको छ।
एकीकृत हातेमालो समाज नेपाल (सियान)काे आयाेजना र आई डिईकाे सहयोगमा पोषण कार्यक्रम परियोजना अन्तर्गत पर्ने “पोषण मार्फत जीवन रुपान्तरण” भन्ने विषयमा सरावल गाउँपालिका वडा नम्बर-३ सरावल टाेलमा बच्चाहरूकाे लागि मिठो/पाेषिलाे खाना बनाउने प्रदर्शनी शनिबार सम्पन्न भएको हाे।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका,सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका गरि ४ वटा गाउँपालिकामा पाेषण मार्फत जीवन रुपान्तरण कार्यक्रम अन्तर्गत बच्चाहरुकाे लागि मिठाे/पाेषिलाे खाना बनाउने प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो।

जस अन्तर्गत सरावलमा बच्चाहरुकाे लागि मिठाे/पाेषिलाे खाना बनाउने प्रदर्शनी कार्यक्रममा घरकाे बगैंचा,साबुनपानीले मिचीमिचि हात धुनु र पानी शुद्धीकरण गर्ने विधिहरु लगाएतकाे विषयमा गर्वभवति महिला र बालबालिकाहरु विच छलफल गरिएको छ।
छलफल कार्यक्रममा बच्चाहरुकाे खानका लागि चामल, दाल,अण्डा,गाजर,घिउ,नुन तथा हरियाे सागपात मिलाएर पाेषिलाे जाउलाे बनाउने तरिका समेत सिकाईएकाे सियानका सिनियर फिल्ड प्राेग्राम सुपरभाइजर अचुत राज खनालले बताए।

पोषिलो जाउलो बनाउने तरिका सिकाउने काम आजदेखि यो महिना भरि चार वटै पालिकामा चलि रहनेछ।याे पाेषण मार्फत जीवन रुपान्तरण कार्यक्रम सरावल गाउँपालिकाकाे वडा नम्बर-३ र ४,प्रतापुरकाे वडा नम्बर-५ र ६,सुस्ताकाे वडा नम्बर-१ र ४ तथा पाल्हिनन्दनकाे वडा नम्बर- ३र ४ मा संचालन रहेको सियानका फिल्ड प्राेग्राम सुपरभाइजर केदार घिमिरेले सिधा नजर मिडियालाई जानकारी दिनुभयो।

गर्वभवति महिला र बालबालिका गरि ६२ जनाकाे सहभागीता रहेको कार्यक्रममा सियानका फिल्ड प्राेग्राम सुपरभाइजर रामाशंकर पाण्डेय र पत्रकार महेश यादवकाे सहभागीता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

