कपिलवस्तु, मंसिर २२
इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं १ आरटीओ रोडमा दुर्घटनामा परि मृत्यु भएका वृजलाल नाउको परिवारलाई आर्थिक सहयोग गरेको छ।
मृतक कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बस्ने ६५ बर्षिय बृज लाल नाउ विगत बिस बर्ष भन्दा बढी समयदेखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा नेपाल प्रहरीका जवान लगायत अन्य दर्जाका व्यक्तिहरूको कपाल काट्दै आएका थिए।
उनको घरको आर्थिक अवस्था कमजोर भएकाले इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले आज मृतकको परीवारलाई बाइस हजार रकम हस्तान्तरण गरेका छन्। खत्रीले सबैभन्दा ठूलो सेवा मानवीय सेवा रहेकाले रकम संकलन गरि हस्तांतरण गरिएको बताए।

उक्त रकम हस्तान्तरणमा सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेंद्र न्यौपाने, बरिष्ठ प्रहरी नायब निरिक्षक निलकण्ठ ढकाल, वरिष्ठ प्रहरी नायब निरिक्षक प्रकाश बगाले, ट्राफिक प्रहरी नायब निरिक्षक चुरामणी पोख्रेल लगायत गांउका मानिस हरूको उपस्थित रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

