अमृता सुनार, सुनवल मंसिर २१
लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. को २७ औ वार्षिक साधारण सभा सुनवल १ सोमनाथ रिसोर्टमा सम्पन्न भएको छ । एकका लागी सबै र सबैका लागी एक भन्ने नारा सहित संस्थाका अध्यक्ष लेखनाथ खरेलको अध्यक्षता एवम भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख आतिथी अधिकारीले सहकारीमा पैसा बचत र ऋण लगानीको कामले मात्र सहकारीको मर्म पुरा नहुने हुनाले उत्पादनमुलक र रोजगारीमुलक क्षेत्रमा पनि लगानी गर्न जरुरी भएको बताउनुभयो । २५ बर्षको इतिहास बोकेको सहकारीले सहरका मात्र नभई गाउका बासिन्दालाई पनि उठाउन पर्छ भन्ने भावना राखेर काम गर्नुपर्ने उहाको भनाई छ ।
संस्थाका उपाध्यक्ष उमाकान्त उपाध्यायको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेत, सुनवल नगर प्रमुख बिमला अर्याल, नेफस्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आर्थिक बर्ष २०८१/०८२ को प्रगति विवरण तथा प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम सचिव तारा आर्चाय, गत वर्षको आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित लक्ष्य तथा बजेट कोषाध्यक्ष लालुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीले ३ करोड ४३ लाख ६५ हजार ९४ आयकर अघिको नाफा आर्जन गर्न सफल भएको, आर्थिक वर्ष २०८०/०८१ मा खुद बचत रु ३ करोड ९७ लाख ९२ हजार रुपैया, आर्थिक वर्ष २०८०/०८१ मा कुल सम्पत्ती रु १ अर्ब २५ करोड ४५ लाख पुर्याउने लक्ष्य लिईएकोमा रु ११ करोड २३ लाख २४ हजार ३ सय ५४ बराबरको सम्पत्ती कायम भई ९७.२९ प्रतिशत लक्ष्य हासिल गरिएको कोषाध्यक्ष लालुप्रसाद पौडेलको प्रतिवेदनमा जनाइएको छ ।

सुनवल नगरपालिका, बर्दघाट नगरपालिका तथा सरावल गाउपालिका, रामग्राम नगरपालिकाका वडा न. ४, ११, १२, १४ र १८ कार्यक्षेत्र रहेको यस सहकारीको कुल शेयर पुँजी रु. ११ करोड ८६ लाख ५९ हजार रहेको छ भने कुल सदस्य संख्या ८ हजार ४ सय २३ जना रहेको सचिव आचार्यले जानकारी दिनुभयो । सुनवल १२ भुमही प्रधान कार्यालय रहेको यस सहकारीले हाल प्रधान कार्यालय सहित चार स्थान बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

