कविता परियार /भैरहवा, मंसिर २१
विविध स्वास्थ क्रियाकलापहरुमा महिला सामुदायिक स्वस्थ्य स्वयंसेविकाको भुमिका, स्वास्थ समाज निर्माणमा सहभागिता , भन्ने मुल नाराका साथ सिद्धार्थनगर नगरपालिका भैरहवामा २१ ओै राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका दिवस मनाइएकाे छ।
सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारीकाे अध्यक्षता तथा नगर प्रमुख इस्तियाक अहमद खांनकाे प्रमुख आतिथ्यतामा २१ ओै राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंमसेेविका दिवस मनाइएको हो । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगरप्रमुख इस्तियाक अहमद खांनले स्वास्थ्य स्वयंमसेविकाहरुले परिवार नियाेजनका बारेमा चेतना, अस्थायी साधन वितरण, श्वासप्रश्वास, झाडापखाला सम्बन्धि राेगहरुकाे प्राथमिक उपचार, खाेप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान गर्ने लगायतका काम गर्दै आएको बताउनु भएको छ ।

यस्तै गरि कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका महिला स्वस्थ्य स्वयंमसेविका नगर संयाेजक तथा सिद्धार्थनगर नगरपालिकाकाे उपप्रमुख उमा अधिकारीले स्वास्थ्य स्वयंमसेविकाहरुकाे घर दैलाे कार्यक्रमले गर्दा नगरपालिकाकाे स्वास्थ्य शाखा उत्कृष्ट भएको बताउनु भएकाे छ। अधिकारीले जरा बलियाे भए हागामा फुलफल लाग्ने र असहज परिस्थिति आएमा नगरपालिका र स्वास्थ्य स्वयंमसेविका बिच समन्वय गर्न आग्रह गर्नु भएको छ । उहाले आगामी आर्थिक बर्षमा नयाँ तथा पुराना पुस्तालाई सम्मान गर्ने बताउनु भएको छ। त्यसै गरि स्वास्थ्य स्वयंमसेविकालाई स्वास्थ्य क्षेत्रमा अझै दायित्वबाेध भएर काम गर्न आग्रह गर्नु भएको छ।
सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ , स्वास्थ्य स्वयमसेबिकाहरु चित्रलेखा थापा, लक्ष्मी पाण्डे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत गीता देवी न्यौपानेले गर्नु भएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका भित्रका १ सय जना स्वास्थ्य स्वयम सेबिकाहरुलाई झोला, छाता, पानीको बोतल लगायत प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोख्रेल, सिनपा २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तव , वडा नम्बर ६ का वडाध्यक्ष बिरेन्द्र नाथ श्रीवास्तव, सिनपा वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरे , जनस्वास्थ्य निरीक्षक बिजय नाथ चौधरी, प्रशासन शाखा प्रमुख देव ज्ञवाली, सिद्धार्थनगरका उपसचिव चेतनशील लम्साल, स्वास्थ्य कार्यालयका केदार नाथ शाह लगायत स्वास्थ्य स्वयम सेबिका ,कर्मचारी, कार्यपालिका सदस्य लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

