Rashtriya Dainik

आई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी तालिमको उदघाटन

बझाङ /

युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना बझाङ को जयपृृथ्वि नगरपालिका वडा नं ७ का २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमकाे उदघाटन गरिएकोे छ ।

तालिम उदघाटन कार्यक्रमको अध्यक्षता निडस नेपालका बझाङ जिल्ला शाखा सचिव भिम रसाइलीले गर्न भएको थियो भने प्रमुख अतिथी जयपृथ्वि नगरपालिका का नगर उप प्रमुख जुना जाग्रि रहनु भएकाे थियाे भने विशिष्ट अतिथि वडा नं ७ सुवेडाका अध्यक्ष हरिचन्द जाेशि रहनु भएको थियो ।

कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्।

वडा अध्यक्ष जाेशिले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित