आरपि उपाध्याय / नवलपरासी ,१५ मंसिर
इन्डो नेपाल सिमा पत्रकार संघको त्रैमासिक विस्तारित बैठक पश्चिम नवलपरासी प्रतापपुर गा.पा.को बेलाटारीमा सम्पन्न भएको छ।
इन्डो नेपाल सिमा पत्रकार संघका अध्यक्ष कौशल कुमारको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रतापपुर गा.पा. अध्यक्ष उमेशचन्द्र यादवले रोटी र बेटीको सम्बन्ध भएको नेपाल भारतको ऐतिहासिक रीस्तालाई अझ बढी बनाउन पत्रकार जगतको महत्वपूर्ण भुमिका रहने बताउनु भयो।
अध्यक्ष यादवले भारत सरकारद्वारा नेपाली भुमिमा निर्माण गरिएको नहर, पुल,सडक अति नै जिर्ण भएकोले त्यस्ता जिर्ण संरचना पुनः निर्माण गर्न इन्डो नेपाल पत्रकार संघले खबरदारी गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले गण्डक क्षेत्रमा कार्यरत भारतीय प्राविधिकहरुको चरम लापरबाहीले नयाँ संरचना पनि बिग्रीएर काम नलाग्ने भएकोमा यस तर्फ पनि पत्रकार वर्गले आ-आफ्नो सरकारको ध्यानाकर्षण गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो।

सो अवसरमा नेपाली पत्रकारहरुको नेतृत्व गर्दै पत्रकार आर.पि. उपाध्याय, भारतीय पत्रकारहरुको प्रतिनिधित्व गर्दै पत्रकार माधवेन्द्र पाण्डे र होटल व्यवसायी संघ नवलपुरका उपाध्यक्ष प्रकाश कुवर लगायतले आफ्नो धारणा राख्नुभएको थियो।

बैठकको बन्द सत्रमा सहभागी नेपाल भारतका पत्रकारहरुले नेपाल भारतको द्विपक्षीय सम्वन्धलाई अझ बलियो बनाउदै पत्रकारिता क्षेत्र विकासको लागि तालिम,गोष्ठी,सेमिनार गर्नुको साथै सत्यतथ्य लेखनको माध्यमबाट असामाजिक तत्व र गैरकानुनी कार्यलाई परास्त गर्नुपर्ने विचार व्यक्त गरेका थिए।
बैठकमा नेपाल भारतका गरि कुल डेढ दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

