सुरक्षित अाप्रवसन परियोजना (सामी)द्वारा रिटर्नि स्वयंसेवकहरुका लागि सुरक्षित अाप्रवसन सम्बन्धि तीन दिने अाधारभुत क्षमता अभिवृद्धि तालिम बुटवलमा सम्पन्न भएको छ।
बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विजरल्याण्ड सरकार बिच भएको दुईपक्षिय सम्झौता अनुरुप बैदेशिक रोजगार बोर्ड र स्थानीय तहको समन्वयमा हेल्भेटास नेपालको प्राविधिक सहयोगका साथ नेपालको उन्चालीस जिल्लाका एक सय छपन्न स्थानीयतहहरुमा सामी परियोजना सन्चालित रहेको छ।
रोल्पा र पश्चिम नवलपरासीको स्थानीयतहहरुको गाउँ र टोल टोलमा बैदेशिक रोजगार सम्बन्धि सुचना र सचेतना प्रदान गर्दै आएका अठ्ठाईस जना रिटर्नि स्वयंसेवकहरुको उपस्थिती रहेको उक्त तालिमको सहजिकरण सोही परियोजनाका प्रदेश सम्योजक पञ्चराम चौधरी ,वित्तीय साक्षरता सम्योजक सनत प्रसाद देवकोटा ,कार्यक्रम अधिकृत लाल बाबु कुशवाहा ,उमा पौडेल र शुसासन तथा क्षमता विकास अधिकृत भक्तकुमार राईले गर्नुभएको थियो।

तालिममा वर्तमान समयमा बैदेशिक रोजगारीमा रहेका समस्याको पहिचान र समाधानका उपाय ,बैदेशिक रोजगारीका कारण देखिएका घटना दुर्घटना र यसको समाधानका लागि पिडितलाई दिनुपर्ने न्याय र कानुनीपक्षका बारेमा जानकारीका साथै समाजमा रिटर्नि स्वयमसेवक को भुमिकाको बारेमा अवगत गराईएको थियोे ।
बुटवलमा सम्पन्न भएको उक्त कार्यक्रममा हाल नेपालमा कोरोनाका कारण बिदेशमा रोजगारी गुमाई फर्कनेको सङ्ख्या समेत अधिक रहेकाले यस परियोजनाले रिटर्नि कामदारहरुका लागि समेत निशुल्क सिप तालिम सञ्चालन गरेको र बिदेश जानेहरुको लागि सिप सिकेर मात्र बिदेश जान सल्लाह दिदै यसका लागि सम्पूर्ण सिपतालिम निशुल्क हुनेहुदा रिटर्नि स्वयंसेवकलाई त्यहिअनुरुप अा-अाफ्नो कार्यक्षेत्रमा सुचना र सन्देश दिन समेत अाग्रह गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

