Rashtriya Dainik

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ ,३ मंसिर

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सोमबार (आज) बिहान साढे १० बजे बस्नेगरी बैठक डाकिएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको छ।

कार्यालय सचिव प्रकाश शर्माका अनुसार पूर्व सभामुख दमननाथ ढुङ्गानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पणका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित