काठमाडौँ । नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । पाकिस्तानको लाहोरलाई उछिन्दै भारतको राजधानी नयाँ दिल्ली विश्वकै धेरै वायु प्रदूषण भएको सहर बनेको हो । तेस्रो स्थानमा बंगलादेशको ढाका सहर रहेको छ ।
त्यहाँ एक्यूआई २४२ मापन गरिएको छ । यसलाई पनि स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । चौथो स्थानमा इराकको राजधानी बगदाद र पाँचौँ स्थानमा भियतनामको हानोई सहर छ ।
आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर ९३१ एक्यूआई रहेको छ । यो अवस्थालाई निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई ४१४ छ ।
शीर्ष १० मा क्रमशः भारतको कोलकाता, उज्बेकिस्तानको तास्केन्ट, बोस्निया हर्जगोभिनाको साराजेभो, पाकिस्तानको कराँची र भारतकै मुम्बई सहर रहेका छन् । राजधानी काठमाडौँ भने यो सूचीमा १७ औँ स्थानमा छ ।
सोमबार बिहान यहाँको एक्यूआई १ सय २७ मापन गरिएको छ । पाकिस्तानको लाहोरलाई समेत उछिन्दै दिल्लीले शीर्ष स्थान कब्जा गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

