नवलपरासी ,२ मंसिर
विसाशय सामुदायिक वन उपभोक्ता समूहको १८औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा वनका अध्यक्ष गंगा प्रसाद घिमिरेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारकाे प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे।

साधारणसभालाई सम्बाेधन गर्दै कलवारले वन, कृषि र किसानलाई जोड्ने अवसरको कुरा गर्दै, खाली जग्गामा वृक्षारोपण गरेर समुदायलाई आयआर्जनमा मद्दत पुर्याउने योजना ब्यक्त गर्नु भएको थियो । उनले सामुदायिक वनका काठ गद्दीमा भएका समस्या र खाली जमिनको अतिक्रमण रोक्न मन्त्रालयबाट पहल गरिने पनि जानकारी दिनु भएको थियो ।
पूर्वमन्त्री र लुम्बिनी प्रदेश सांसद खड्ग वस्नेतले वन उपभोक्ताहरूको आत्मनिर्भरता मूल्यांकन गर्न र वनले अर्थतन्त्र र सामाजिक परिवर्तनसँग मेलजोल राखेर मात्रै उपभोक्ता र सरकार बीचको सम्बन्ध मजबुत बनाउन सकिने कुरा उल्लेख गर्दै सदा साथ रहने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा वनका उपाध्यक्ष खगेस्वर भुषालको स्वागतमा विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो । यस अवसरमा खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैह्रे, सुनवल प्रेस क्लबका रमेश भुषाल, झपेन्द्र खड्का, सामुदायिक वन जिल्ला महासंघ अध्यक्ष शारदा पोखरेल, वडा अध्यक्ष मन बहादुर थापा र हिमाल शर्मा चापागाईं लगायतका प्रमुख व्यक्तिहरूले सुभकामना दिनु भएको थियो ।
सामुदायिक वनको ६१४.२९ हेक्टर क्षेत्रफल रहेको र २०५४ सालमा स्थापित यो वनले गरिबी न्यूनीकरण तथा आयआर्जनको अवसर सिर्जना गर्दै समुदायलाई सशक्तिकरण प्रदान गर्दै आएको छ। वनका कोषाध्यक्ष सीता कुवरले सामुदायिक वनको विकास र समुदायको सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्य पुष्टि गर्नु भएको थियो ।
लेखा संयोजक उत्सव पौडेलले गत आर्थिक वर्षमा वनको कुल आम्दानी १ करोड ३१ लाख ४२ हजार रुपैयाँ रहेको जानकारी दिनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

