Rashtriya Dainik

नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रामा

काठमाडाैं । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् ।

कलाकार अशेष डंगोलले आर्लिंङगटन, भर्जिनिया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल, अलाबामा; टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालिफोर्निया; एल सेरीटो, क्यालिफोर्निया तथा लंग विच, क्यालिफोर्नियामा आफ्नो प्रस्तुतिहरू देखाएका थिए।

हिमालयन हेन्ड्रीक्स‌को उपनामबाट विश्वभर चिनिने कलाकार अशेष डंगोलले हाउस अफ ब्लूजको फाउन्देसन रुममा दोस्रो पटक आफ्नो दमदार प्रस्तुत गरेका छन् । जसमा “स्कुल अफ रक” मा संगीत निर्देशक‌को समेत भूमिका निभाई सकेका रेन्दा ज्याक्सनले Renda Jackson) बेश गितारमा र साजन महर्जनले ड्रम्समा साथ दिएका थिए ।

सगरमाथा ईन्टरटेन्टमेन्टद्वारा आयोजित अशेष डंगोलको कार्यक्रम हेर्न नेपालीहरुद्वारा संचालित “लामा वार” एल सेरीटो, क्यालिफोर्नियामा ठूलो घुईचो लागेको थियो। जसमा गितार सेन्टर आबद्ध सेसन बेस गितारिस्ट ग्यारेट मिनगार्डी र साजन महर्जनले ड्रम्समा साथ दिएका थिए ।

पिट्सवर्ग क्यालिफोर्निया‌मा बन्दै गरेकाे श्री लक्ष्मी बैकुन्ठ नाथ नेपाली मन्दिरको सहयोगार्थ अशेष डंगोलले हिलींग सेसन नामक च्यारिटी कन्सर्ट पनि गरेका थिए । च्यारिटी कन्सर्टमा सम्मिलित दर्शकहरुले अशेष डंगोलको अध्यात्मिक संगीत सुनेर ध्यान पनि गरेका थिए।

अशेष डंगोलको २०२४ अमेरिका सांगीतिक यात्राको लागि क्यालिफोर्नियावासी पिउस दहालले भ्रमण प्रबन्धकको (TOURS Manager) भूमिका निर्वाह गरेका थिए भने अमर क्षेत्री फाउन्देशनले प्रायोजकमा तथा नेपक्याली रिकर्डस, अर्पन कार्की अभिसेक डंगोल, निरन्जन, हेनरी जोन्स, मनोज लामिछाने र तिका राईले आवास तथा सह-प्रबन्धकको भूमिका निर्वाह गरेका थिए ।

अशेष डंगोलको हालसम्म ६ वटा गीति एल्बम र उनको १३ भन्दा बढी देश भ्रमण गरेर सांगितिक यात्रा गरिसकेकाे छ ।
अशेष डंगोल दुई महिने सांगितिक यात्रा पश्चात नेपाल फर्किए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित