Rashtriya Dainik

बुंगल नगरपालिकामाबाट शुरु भएको निशुल्क महिला स्वास्थ शिविरमा एक सय ६ जना बिरामी लाभाम्वित ।

दोरेन्द्र खड्का / बझाङ ,२ मंसिर

बुंगल नगरपालिकामाबाट निशुल्क महिला स्वास्थ शिविर संचालन भएकाे छ ।

बुंगल नगरपालिकामाबाट शुरु भएको निशुल्क महिला स्वास्थ शिविरमा आज १ सय ६ जना विरामीले सेवा लिएका छन् ।

बुंगल नगरपालिका र दलित सहयोग समाज, समान व्यवहार परियोजनाको संयुक्त आयोजनामा आजबाट शुरुभएको निशुल्क महिला स्वास्थ्य शिवीरमा उपचार गराउन आएका १ सय ६ जना विरामीलाई सेवा दिएको छ ।

आज बिहान बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीको अध्यक्षतामा उद्धाटन भएको स्वास्थ्य शिविरमा जिल्ला अस्पताल बझाङका स्त्रीरोग बिषेशज्ञ डाक्टर नवराज जोशीले विरामीहरुको उपचार गर्नुभएको हो ।


बुंगल नगरपालिका ४ स्थित खिरातडी स्वास्थ्य चौकीमा आजबाट शुरु भएको उक्त शिबिरमा स्त्रीरोग बिषेशज्ञ डाक्टर जोशीले महिलाहरुको तल्लो पेट सम्बन्धि रोग , पाठेघरको मुखको क्यानसरको चेकजाँच तथा स्तनमा गाँठागुठि, यौनि चिलाउने, महिनावारी गढबढी ,आङ खस्ने, पाठेघर खसेका महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण,परामर्श र पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक चेकजाँच गरि निःशुल्क औषधिपनि वितरण गरिएको बुंगल नगरपालिका स्वास्थ्य शाखा प्रमुख कलक बहादुर बोहराले जानकारी दिनुभयो ।

शिविरमा उपचार गर्न आएकी एक महिलाको पेटमा नै बच्चा मृत देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । शिविर भोली सम्म चल्ले भएकाले आज छुटेका बिरामीहरुलाई भोली पनि शिविरमा आएर सेवा लिन आग्रह गरीएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित