Rashtriya Dainik

बर्दघाट नगरप्रमुख श्रेष्ठद्वारा जन्मोत्सवमा शैक्षिक सामाग्री बितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,३० कार्तिक

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जन्मोत्सवको अवसर पारेर बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको ज्ञानज्योती माबिमा अध्ययनरत ९३ जना बिद्यार्थी हरुका लागि नगरप्रमुख श्रेष्ठले झोला बितरण गर्नु भएको हो ।

जन्मोत्सवमा गरिने फजुल खर्चलाई शैक्षिक क्षेत्र वा अन्य सामाजिक कार्यमा लगाउन समेत श्रेष्ठले आग्रह गर्नु भयो ।आफु गाबिस अध्यक्ष हुँदा बखत नै सोही बिद्यालयको बिकास निर्माणको सन्दर्भ र भुमिकालाई स्मरण गर्दै नगरप्रमुख श्रेष्ठले जन्मोत्सव वा कुनै अवसरमा बिद्यालय सग जोडिदा उक्त कार्यले बिद्यालयको गुणस्तर सुधारमा समेत टेवा पुग्ने बताउनु भयो ।

“हामिले यो बर्षलाई शैक्षिक सुधार बर्षको रुपमा लिएका छौ,यसर्थ पनि हरेक गतिविधिमा बिद्यालय सग जोडिदा अपन्त्व पनि हुन्छ,हामी सबैको सहकार्यले नै सुधार गर्दै जाने हो “नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल,शिक्षा शाखा प्रमुख लोकराज पन्थी,स्वास्थ्य शाखाप्रमुख माधव ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित