राष्ट्रिय दैनिक /काठमाडौँ, ४ कात्तिक बलिवुड अभिनेता संजय दत्तले क्यमन्सरलाई परास्त पारेका छन् । फोक्सोमा एक प्रकारको क्यान्सरको उपचार गराइरहेका अभिनेता संजय दत्तको उपचार अहिले ठिक तरिकाले भएको र छिट्टै ठिक हुने बताइएको छ । संजयलाई क्यान्सर भएको थाहा पाएपछि उनलाई उपचारको लागि अमेरिका लैजाने भनिएको भएपनि अहिले मुम्बईमा कोकिला बेन अस्पतालमा नै उपचार गराई रहेका छन् । भारतीय मिडियाहरुले भने संजय दत्त क्यान्सरबाट मुक्त भइसकेको दाबी गरिएको छ । दत्त निकटहरुलाई उदृत गर्दै भारतीय मिडियाहरुले दत्त क्यान्सर मुक्त भएको बताइएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।