हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरिकाको सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहकार्यमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँको मुसहर बस्तीको दलित बालबालिका कापीकलम , सिसाकलम , कटर ईलेजर वितरण गरिएको छ ।
१०५ मुसहर बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गरिएको छ। शैक्षिक सामग्री वितरणको लागि दस हजार आर्थिक सहयोग गर्नुभएको छ।
दलित समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच , विद्यालय टिकाउ , शिक्षामा निरन्तरता , गुणस्तरीय शिक्षा , सिकाईमा सुधार , अभिभावकको चासोको ख्याल र उदेश्यको साथको कार्यक्रम गरिएको छ । कापीकलम , सिसाकलम लगायतको सामग्री प्राप्त गरि बालबालिकाहरु खुशी भएको छ्न।
यस बस्तीको बालबालिकाहरुको अभिभावकहरु सामाग्रीहरु प्राप्त गरि खुशी भैइ बरिस्ठ समाजसेवी देवी डेविट आचार्य ज्युलाई धन्यवाद दिएका छ्न।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ, नेपालको विभिन्न जिल्लामा दलित समुदायको लागि आर्थिक सहयोग , अति विपन्नको लागि खाद्यान्न राहत , दलित बालबालिकाको लागि कापीकलम तथा शैक्षिक सामाग्रीहरु सहयोग , सामाजिक कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा सहयोग गर्दै आउनुभएको एचडीएनपी इन्टरनेसनको ज्यु अध्यक्ष देवी डेविड आचार्य सहयोग गर्दै आईरहनु भएको छ।
यस शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रमको अध्यक्ष दलित अभिभावक संघको अध्यक्षता उर्मिला देवी मुसहर ज्यु, कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको कार्यकारी निर्देशक पारमानन्द राम, फाउन्डेसनको सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम , संगीता देवी मुसहर , अशोक राम लगायत दलित युवा , दलित महिला र बालबालिकागरुको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

