Rashtriya Dainik

हात्तिवन पुर्खा स्मृति गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता पौष १६ गतेदेखि हुने

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ हात्तिवनमा पुर्खा स्मृति गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” मुल नारा सहित सम्मेमाई सामुदायिक युवा क्लबद्वारा पौष १६ गते देखि माघ २ गते सम्म हुने भएको छ।

प्रतियोगितामा प्रथम हुने समुहलाई एक लाख एघार हजार एघार रुपैया (१,११,१११) , द्वितीय हुने समुहलाई पचपन्न हजार पाच सय पाच रुपैया (५५.५०५) प्रदान गरिने अनिल गुप्ताले जानकारी दिनुभएको हाे।

सरावल गाउँपालसका अन्तर्गत अहिले सम्मकै ठुलो धनराशिकाे याे खेल सन्चालन हुने भएको छ । खेल हात्तिवनको खेलमैदान हुने आयाेजकले जानकारी दिइएको छ। खेलमा सहभागी हुनकाे लागि आफ्नो फुटबल समूह दर्ता गराउन आयाेजकले अनुरोध समेत गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित