एकै पटक ४ योजनाको उदघाटन गर्दै पाल्ही बहुमुखी क्याम्पसको पाँचौं सभा सम्पन्न

रंजीत शर्मा/ नवलपरासी,२५ कार्तिक।

पश्चिम नवलपरासीको रामग्राम ४ जितपुर अवस्थित पाल्ही बहुमुखी क्याम्पसको पाँचौं सभा सम्पन्न भएको छ।

जिल्लाको सबै भन्दा जेठो क्याम्पसको रूपमा रहेको यस
पाल्ही बहुमुखीका ४ योजनाको पनि उदघाटन गरिएको छ। तत्कालीन रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताद्वारा सिलान्यास भई निर्माण भएको ६ कोडे भगवानको उद्दघाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिन्सनाले गरेका छन्। त्यस्तै रामग्राम ४ वार्ड कार्यालय द्वारा रु.८ लाख र क्याम्पसको आन्तरिक स्रोतबाट १ लाख ७१ रूपयाँ गरी कुल ९ लाख ७१ हजारमा सम्पन्न गरिएको क्याम्पसको बाहिरी गेट पूर्व रक्षा राज्य तथा महिला तथा बालबालिका मन्त्री रामबचन यादव द्वारा उद्दघाटन गरिएको छ।

त्यस्तै लुम्बिनी प्रदेशको सहयोग निर्माण क्याम्पस क्यान्टिन प्रदेश सभा सदस्य बैजनाथ जयसवालद्वारा उद्दघाटन गरिएको छ। त्यस्तै क्याम्पसको सभाहल रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवद्वारा उदघाटन गरिएको छ।

क्याम्पसको गत आर्थिक वर्षमा १ करोड ५९ लाख ३१ हजार आम्दानी भएको थियो भने १ करोड २ लाख ६० हजार रुपैयाँ खर्च भएको थियो। वर्षों देखि घाटामा रहेको यस क्याम्पस हाल ५६ लाख बचत गरेको छ।

वि.स.२०४६ सालमा स्थापना भएको यस क्याम्पसमा हाल ५०६ जना विद्यार्थी रहेका छन् भने हाल स्नातक तर्फ ४ वर्षे शिक्षा र व्यवस्थापन संकाय संचालित रहेका छन्।

क्याम्पसको पाँचौं सभा अध्यक्ष राधेश्याम पाठकको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख तिमिन्सनाले यस क्षेत्रको शिक्षा विकासमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा पूर्व रक्षा राज्य तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री रामबच्चन यादव, पूर्ब स्थानिय बिकास राज्यमन्त्रि घनश्याम यादव, संविधान सभा सदस्य बिक्रम खनाल र अलाउद्दीन अंसारी, प्रदेश सभा सदस्य माननीय बैजनाथ कलवार,बिश्व प्रेम पाठक रामग्राम नगरपालिका का प्रमुख धनपत यादव,पूर्व नगर प्रमुख नरेन्द्र गुप्ता,सुनवलका पूर्व नगर प्रमुख भिमबहादुर थापा, वडा अध्यक्ष मदन यादव, लेखा संयोजक रबी पाण्डे, उद्योग वाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, नाई संघ नवलपरासीका अध्यक्ष बिरेन्द्र ठाकुरले शुभकामना मन्त्यब राखेका थिए भने क्याम्पस प्रमुख दिपक अर्यालले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!