राष्ट्रिय दैनिक / नवलपरासी २५ कार्तिक
सामुदायिक वन उपभोक्ता महासघ नेपाल जिल्ला महासघ पश्चिम नवलपरासीको आयोजनामा लुम्बिनी प्रदेशका नव नियुक्त वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु) लाई स्वागत तथा सामुदायिक वन सम्बन्धी नितिगत अवधारणा बारे एक दिवसिय कार्यक्रम शनिबार बर्दघाट १० अल्हावलमा सम्पन्न भएको छ ।
महासघका जिल्ला अध्यक्ष शारदा पोखरेलको अध्यक्षता तथ लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार(सन्तु)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कलवारले दोहोरो करको विषयमा बुझ्ने सामुदायिक वनलाई हराभरा बनाएपनि पुर्ण रुपमा लाभ लिन नसकिएको बताउदै कलवारले मन्त्रालय र सामुदायिक वन बिचमा भएका समस्या हरुलाई टेबुलमा बसेर समाधान गर्न आफुले पहल गर्ने बताउनु भयो ।
साथै उहाले आफुले मन्त्रालय सम्हाले सम्म जनता र राज्यको तर्फ बाट काम गर्न कुनै कसर बाकी नछोड्ने समेत बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महासघका प्रदेश कमिटि सदस्य नारायण पान्डे, दिर्घ नारायण अर्याल, अतिथिहरु स्थानिय समुदायिक वन महासघ सुनवलका कर्ण बहादुर सेन,वनशक्ती सामुदायिक वनका अध्यक्ष ईन्द्र बहादुर चौधरी,पत्रकार, लगाएत स्थानिय महासघ तथा समुदायिक वनका पदाधिकारिहरुको आतिथ्यता रहेको कार्यक्रममा उनीहरुले स्थानीय ,प्रदेश र संघ सरकारले कर मात्र लगाउने गरेका कारण सामुदायिक वनहरु समस्यामा परेको गुनासो गरेका थिए । अहिले तिनै तहका सरकारहरुले छुट्टा–छुट्टै कर लिने निति गलत भएको भन्दै एकद्धार प्राणीमा रहेर उचित कर निर्धारणको ब्यवस्था मिलाउन मन्त्री कलवार समक्ष आग्रह गरेका थिए ।
सो अवसरमा बोल्दै महासघका जिल्ला अध्यक्ष शारदा पोखरेलले समुदायको मिहिनेत र लगनशिलताले सामुदायिक वनका नाङ्गो डाडालाई हराभरा बनाएपनि राज्य बाट तेहोरो कर लगाई उठन नसकिने गरि शोषण गरिएको स्मरण गर्दै अध्यक्ष पोखरेलले राज्यको यस्तो कदमको बिरोध गर्दै गर्दा पनि समस्या ज्यु को त्यु रहेको बताउनु भयो।
पोखरेलले स्थानिय, प्रदेश र सघिय गरि तीन वटा सरकारलाई कर तिरेर सामुदयिक वनलाई बचाउनु परेको र न्यायालयले गरेको फैसला कार्यान्वयनमा पनि सरकार उदाशिन रहेको समेत गुनासो गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सन्चालन भने चिरन न्यौपानेले गर्नुभएको थियो। पश्चिम नवलपरासी जिल्लामा अहिले ६५ वटा सामुदायिक वनहरु रहेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

