संजय कुशवाहा / नवलपरासी ,२५ कार्तिक
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीमा शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा १९ औं खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

माउन्ट एभरेस्ट क्रिकेट क्लबको आयोजनामा रहेको प्रतियोगिता जन जागृति माध्यमिक विद्ययालय गुठी परसौनीको खेल मैदानमा कार्तिक १७ गतेदेखि सुरु भएको खेल शनिवार सम्पन्न भएको हो ।
आयोजना गरिएको क्रीकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा प्रतापपुर वड नं.६ गुठी परसौनी र भारतको क्रीकेट टिम बिच भएकोमा भारत क्रीकेट टिमले ७४ रनले विजयी भई ३५ हजार नगद कप मेडल प्राप्त गरेको थियो भने उपविजेता गुठी परसौनी टिमले २५ हजार नगद सहित कप मेडल प्राप्त गरेको छ ।
माउन्ट एभरेस्ट क्रिकेट क्लबको अध्यक्ष अमर यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा बाताबरण मन्त्री देवकरण कलवार ( सन्तु )को प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा मन्त्री कलवारले खेल नियमको परिधिभित्र रहेर खेल्ने खेलाडीले नै उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउदै विजेता र उप विजेतालाई सिल्ड कप र मेडल प्रदान गर्दै ग्रामीण भेगमा खेलाइने खेलहरुबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राख्दै युवा जनशक्तिलाई खेलकुदको माध्यमबाट बहुआयामिक व्यक्तित्वको विकास गर्न सकिने जिकिर गर्दै अन्त्यमा सत्य र न्यायको नै जित हुने विचार व्यक्त गर्नुभयो । साथै खेलाडीहरूका लागि प्रदेशबाट हुने सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहान बिचार राखनु भयो ।
सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.७ का वडाध्यक्ष हरेन्द्र यादव ,पुर्व जन स्वास्थ अधिकृत कुन्दन सिंह र सुरज अधिकारी लगायतले खेलकुद महत्वमाथी प्रकाश पार्नु भयो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको क्रिकेट प्रतियोगिताको समापन समारोहमा कार्यपालिका सदस्य छविलाल हरिजन ,वडा सदस्य कनहिय हरिजन ,समाजसेवी संघर्ष जयसवाल ,जगलाल गुप्ता लगायत पालिका अन्तर्गतका जनप्रतिनिधि , राजनीति दलका नेताकार्यकर्ता र संचारकर्मी तथा स्थानीय सर्वसाधारण लगायतका उपस्थिति रहेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

