बिनाेद निगम / नवलपरासी ,२४ कार्तिक
पश्चिम नवलपरासी प्रतापपुरमा २ बजे समयमा बस चढ्ने क्रममा बसबाट खसेर मृत्यु भएको छ।

प्रतापपुर गाउँपालिका ९ खैरेनी स्थितमा त्रिबेणीदेखि बर्दघाटतर्फ जादै गरेको लु १ ख ३६६३ नं. को बसमा बस्ने बर्ष अन्दाजी ३४ को जगदीश थारु बसमा चढ्ने क्रममा बसबाट खसि घाईते भई उपचारको लागी स्थानिय मेडिकलमा सामान्य उपचार भएको थियो ।
त्यस पश्चात थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही रिफर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकरी दिए।
घाइते थारुको ४ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । उक्त स्थानमा यस कार्यालयबाट प्रहरी टोली खटिगएको,बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको । शब पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा ल्याइदै,थप अनुसन्धान कार्य जारी डीएसपी बोहराले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

