Rashtriya Dainik

प्रथम बालपुरी तेक्वान्दो खेल प्रतियोगिता एक कार्यक्रमका बिच शुभारम्भ

आरपि उपाध्याय / नवलपुर ,२४ कार्तिक

युथ भिजन अर्गनाइजेसन विनयी त्रिवेणीको आयोजनामा प्रथम बालपुरी तेक्वान्दो खेल प्रतियोगिता एक कार्यक्रमका बिच त्रिवेणी धाममा शनिबारदेखि शुभारम्भ भएको छ।
युथ भिजन अर्गनाइजेसन खेल बिभागका संयोजक राजु आलेको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष ओम बहादुर घर्ती मगरले अनुशासित खेलाडीले नै खेलमा असल अतिजा ल्याउन सक्ने हुँदा खेलाडीहरुले अनुशासनको पालना गर्दै खेललाई व्यवसायिक रुपमा अगाडि बढाउन जरुरी रहेको धारणा राख्नुभयो।


उहाँले खेलकुदको विकासको लागि राज्यले जुन ढङ्गले ध्यान दिनुपर्ने हो सो नदिएकोमा चिन्ताको विषय रहेकोले अब यस तर्फ राज्यलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताउदै खेलकुदको माध्यमबाट आफुलाई देश,विदेशमा चिनाउन सकिने धारणा राख्दै प्रमुख अतिथि घर्तीले आत्मरक्षाको लागि पनि तेक्वान्दो खेल उपयोगी हुने जिकिर गर्नुभयो।

सो अवसरमा मध्यविन्दु उद्योग वाणिज्य संघ नवलपुरका वरिष्ठ उपाध्यक्ष चेतन पौडेल, विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाह,उज्ज्वल शिशु इङलिस बोर्डिङ स्कुलका प्र.अ. दिपक कुवर,त्रिवेणी युवा समाजका अध्यक्ष अमर भट्टराई,त्रिवेणी युथ भिजनका अध्यक्ष अर्जुन अर्याल लगायतले खेलकुदको महत्वमाथी प्रकाश पार्नुभएको थियो।


यसपुर्व बालपुरी कुटी त्रिवेणीका पिठाधिश मोहन पुरी बाबाले दीप प्रज्वलित गरि विधिवत कार्यक्रमको शुभारम्भ गर्नु भएको कार्यक्रम सञ्चालिका शर्मिला अर्यालले जानकारी दिनुभएको छ।
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको तीन दिवसीय खुल्ला तेक्वान्दो खेल प्रतियोगितामा १२ जिल्लाबाट १५० तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको आयोजक समितीका पिकल थापाले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित