नेपाल कम्युनष्टि पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले आज (विहीबार) देशव्यापी आमहड्ताल आव्हान गरेको छ । आमहड्तालका क्रममा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाललगायत शीर्ष नेताहरु सबै सडकमा उत्रिएका छन् ।
यता काठमाडौंको कोटेश्वर चोकको सडकछेउमा बन्द गराउनेलाई खाना पकाएर वितरण पनि गरिएको थियो । प्रदर्शनकारीले कोटेश्वरको सडकमै खाना पकाएका थिए, भने सडकमै बसेर खानासमेत खाएका थिए ।

जानकारी अनुसार कोटेश्वरमा खानाको प्रबन्ध मिलाउनेमा दाहाल–नेपाल समूहका नेता तथा वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललगायत नेता–कार्यकर्ता थिए ।

आज (विहीबार) विहानैदेखि दाहाल–नेपाल समूहका कार्यकर्ताले सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । साथै, केही ठाउँमा भने नेकपा कार्यकर्ताले गाडी, मोटरसाइकलसमेत जलाइदिएका छन् । यसरी बन्द गराउँदै हिँड्ने नेकपाका केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

