Rashtriya Dainik

नेपाल सम्बत पुरस्कारबाट विष्णु चित्रकार सम्मानित

काठमाडौं । यस वर्षको नेपाल सम्बत पुरस्कार भाषा सेवी, नेपाल सम्बत आन्दोलनका अगुवा विष्णु चित्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ।

नेपालको मौलिक तथा राष्ट्रिय सम्बतको अवस्थामा गत कछ्लाथ्व १ पारू (कार्तिक १७ गते) शनिबार नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ ले वसन्तपुरमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलिको हातबाट प्रदान गरिएको हो ।

नेपाल भाषा आन्दोलन, आदिवासि जनजाती आन्दोलन र नेपाल सम्बत आन्दोलनमा आजीवन आफूलाई समर्पण गर्न हुने अगुवा व्यक्तित्व विष्णु चित्रकारलाई नेपाल सम्बत ११४५ नयाँ वर्षको अवसरमा उक्त पुरस्कार र प्रदान गरिएको थियो ।

नेपाल सम्बतको तिथि मिति सहित दिनाङ्क प्रयोग गर्नुपर्छ भनी विगत लामोसमय देखि नेपाल सम्बतका वैज्ञानिक क्यालेन्दर निकाल्ने समूह गत रुपमा काम गर्दै आउनुभएका चित्रकार यस आन्दोलनका अगुवा हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित