राष्ट्रिय दैनिक / नवलपरासी ,२३ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवामा छठ पर्बकाे पावन अवसरमा स्थानीय कला संस्कृति संरक्षण तथा छठ पर्व कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय कला संस्कृति संरक्षण एवं छठ पर्व कार्यक्रम समिति धनगडवाकाे आयाेजना तथा युथ अफ धनगडवा र काेपिला बाल क्लबकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएको हाे।

बेचन चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य बिनाेद चाैधरीकाे प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेशको बन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु ) काे बिशिस्ट आतिथ्यतामा छठ पर्व कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद चाैधरीले बिकास निर्माण कार्यक्रममा सरावल गाउँपालिका आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

त्यस्तै बन मन्त्री कलवारले सरावलकाे बिकासका लागि प्रदेशबाट हुने काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रम सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले छठकाे महत्त्व तराईमा द्रुत गतिमा फैलिरहेकाे बताउदै यसलाई आस्थाको पर्वकाे रुपमा मनाइदै आइरहेको बताउनुभयो ।
स्थानीय जनताले देखेकाे सपना ( १५ शैयाको आधारभूत अस्पताल) पूरागर्ने संघारमा रहेको समेत बताउनुभयो ।

सरावल गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष लच्छमण चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन बालमुकुन्द चाैधरीले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

