बिनोद निगम / नवलपरासी , २१ कार्तिक
पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा देउसी भैलो खेलिरहेका व्यक्तिहरूसँग विवाद गरेर खुकुरी प्रहार गरी दुई जनालाई घाईते बनाई भाग्ने तीन जना लाई प्रहरीले पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनवल नगरपालिका-३ किर्तिपुर बस्ने वर्ष २३ को अभिषेक गुरुङ, सोही स्थान बस्ने वर्ष २६ को बिसन गुरुङ र वर्ष २८ को अमित गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले गएको सोमबार ११ बजे राति वाड नं १२ मा पर्ने भुमहीस्थित जे.एस.गुल्मी सुनचाँदी पसल अगाडी स्थानीयहरु देउसी भैलो खेलिरहेको स्थानमा मोटरसाइकलमा धारिलो हतियार (खुकुरी) समेत लिई आई देउसी भैलो खेल्ने मानिसहरुसँग विवाद गरी सोही विषयलाई लिएर खुकुरी प्रहार गरी दुई जनालाई घाईते बनाई भागेका थिए । घाईते दुई जनाको बुटवल हस्पिटल प्राइभेट लिमिटेड बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी नवलपरासीले इलाका प्रहरी कार्यालय बुटवलसँग समन्वय गरी बुटवल उप- महानगरपालिका- ९ ईट्टाभट्टीस्थित फेला पारी पक्राउ गरी नवलपरासी ल्याईएको हो । आरोपितबाट लु ९६ प ९०६२ नम्बरको मोटरसाइकल र खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
आरोपितलाई ज्यान सम्बन्धि कसूर – ज्यान मार्ने उद्योग – शिर्षकमा मुद्दा दर्ता गरि सम्मानित नवलपरासी जिल्ला अदालतबाट ७ दिनको याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी बोहराले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

