पर्सा २२ माघ
हिन्दु स्वयंसेवक संघ नेपाल पर्साले वीरगन्जमा भव्य रुपमा पथ—संचालन (रुटमार्च) कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सामाजिक तथा सांस्कृतिक संगठनको रुपमा रहेको संघले यही माघ २४ गते शनिबार प्रशिक्षित हिन्दु स्वयंसेवकहरु गणवेशमा पथ—संचालन गर्ने कार्यक्रम तय भएको संघका जिल्ला संघचालक ललन द्धिवेदीले बताए ।
संघको वीरगन्ज शाखा द्धारा निर्मित स्वंयसेवकहरुको एकत्रिकरणका निम्ती पथ—संचलान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
कार्यक्रमको मुख्यअतिथिमा नेपाल प्रहरीका अवकाश प्राप्त अतिरिक्त प्रहरी महानिरिक्षक एवं संघका राष्ट्रिय सह संघचालक कल्याण तिमिल्सिनाले गर्नुहुने उनले बताए ।
आर्दशनगर स्थित रहेको ठाकुराम बहुमुखी क्याम्पसको शिक्षा संकायको मैदानबाट शनिबार विबहान १२ बजे निकालिने मार्चपास बालमन्दिर, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै पुन माईस्थान, आर्दशनगर, अलखिया मठ, कन्या मावि, गणेशमान चौक, विर्ता मन्दिर, मकालु होटल, कैलाश चौक हुदै क्याम्पसको शिक्षा संकायको मैदानमा पुगि समापन हुने छ ।
सामाजिक तथा सांस्कृतिक संगठनको रुपमा रहेको हिन्दु स्वयंसेवक संघले नेपालमा २९ बर्षदेखि विभिन्न सामाजिक कार्यगर्दै आएको छ ।
संघले शिक्षा, सेवा, प्रशिक्षण, जागरण ईत्यादीको माध्यमले अनुशासित चरित्रवान, सुसंस्कारित तथा देश—भक्त व्यक्ति निर्माण गर्दै राष्ट्र निर्माणको कार्य गर्ने उदेश्य लिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

