Rashtriya Dainik

गजेन्द्र मोक्ष दिव्य धाममा अन्नकुट महोत्सव २०८१ सम्पन्न

आरपि उपाध्याय / नवलपुर , २१ कार्तिक

गजेन्द्र मोक्ष दिव्य धाम विनयी त्रिवेणी ६ नवलपुरको आयोजनामा अन्नकुट महोत्सव २०८१ एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ।
गजेन्द्र मोक्ष धाम स्थित गजेन्द्र मोक्ष नारायण मन्दिरमा मनाइएको अन्नकुट महोत्सवलाई धार्मिक विधि, प्रक्रिया, पुजाआजा र भजन किर्तनका साथ मनाइएको हो।
मुक्तिनाथ पिठाधिश स्वामी कमलनयनाचार्यले अन्नकुट महोत्सवको विधि पुर्वक उद्घाटन गर्दै ठुलो संख्यामा उपस्थित भक्तजनहरुलाई स्वागत गर्नुभएको थियोे ।


द्वापर युगमा भगवान श्री कृष्णले गोबर्धन पर्वतलाई खुसी बनाउन ८४ प्रकारका व्यन्जन भोग लगाइएको धार्मिक मान्यता अनुसार प्राण,प्रतिष्ठा भएका धार्मिक मन्दिरहरुमा वार्षिक रुपमा अन्नकुट महोत्सव मनाइने प्रचलन रहेको करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिनुभएको छ।
स्वामी प्रपन्नाचार्यका अनुसार अन्नकुट महोत्सवमा ५६ प्रकारका परिकारहरु उपस्थित भक्तजनहरुलाई खुवाइएको पनि बताउनु भयो।
अन्नकुट महोत्सवमा नवलपरासी,रुपन्देही, पाल्पा,नवलपुर सहित भारत बिहारको पश्चिमी चम्पारण,उत्तर प्रदेशको महाराजगन्ज जिल्लाबाट पनि भक्तजनहरु महोत्सवमा भाग लिएको बताइएको छ।
मुक्तिनाथ पिठाधिस स्वामी नयनाचार्यले २०४८ सालदेखि नै गजेन्द्र मोक्ष धामलाई केन्द्रविन्दु बनाइ जप,तप,यज्ञ,महायज्ञ गरि धार्मिक जागरणको सन्देश दिदै आउनु भएको पनि जानकारीमा आएको छ।

हाल गजेन्द्र मोक्ष धाममा गजेन्द्र मोक्ष नारायण मन्दिर,शिशमहल,कामधेनु गौशाला,हवनकुण्ड,मुक्तिनाथ वेद विद्याश्रम लगायत मठ,मन्दिर भए बाट उक्त धार्मिक धरोहरमा प्रतिदिन सयौंको सङ्ख्यामा भक्तजनहरु आउने गरेको पनि आश्रमले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित