Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा छठघाट सरसफाइ

संजय कुशवाहा / नवलपरासी २१ कार्तिक

सशस्त्र प्रहरीले समाजमा शान्ति सुरक्षाको साथसाथै सचेतना फैलाउने तथा स्थानीय क्षेत्रको वातावरणीय सरसफाई कार्यलाई समेत निरन्तरता दिंदै आएका छन् ।
यस क्रममा हिन्दुहरुको महान पर्व छठको अवसरमा
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ ठाडीघाट नारायणी नदिको छेउमा रहेको छठघाट सशस्त्र प्रहरी बिओपी बलिनगरको आयोजनामा ठाडीघाटमा सरसफाई गरिएको हो ।
उक्त सरसफाइ सशस्त्र प्रहरी बि ओ पी बलिनगरका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाको नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोली र स्थानियहरुको उपस्थितिमा सरसफाइ भएको हो ।
तराईमा धुमधामले मनाइने छठ पर्वमा सशस्त्र प्रहरी सिमा सुरक्षा संगसंगै छठघाट सरसफाइ गरेपछि स्थानियहरू सशस्त्र प्रहरीको चौतर्फी प्रशंसा भएको छ ।
छठ पर्वका श्रद्धालु भक्तजनले बिहिवार अस्ताउदो र शुक्रबार उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।
सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिनदेखि छठ पर्व आरम्भ भई कार्तिक मास शुक्ल पक्षको षष्ठीको दिन यो पर्व हरेक साल मनाउने गरेको छ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा छठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल पञ्चमी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।
त्यसैगरी मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी,मेवा, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।
यो अवसरमा पुजाको लागि घर-घरमा विषेश त्यारी समेत गरिएको छ ।
अधिकांश घाटहरु छठ बाहेकको समयमा फोहोर हुने भएकाले छठ गर्नेहरु नै अधिकांश स्थानमा घाट सरसफाईमा व्यस्त हुन्छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित