आरपि उपाध्याय / नवलपरासी ,२० कार्तिक
नेपाली पहलवानले भारत बिहार मधुबनी जिल्लामा भएको कुस्ती प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका छन।
नेपाल भारत अन्तर्राष्ट्रिय सिमानाको भारत मधुबनीमा आयोजना भएको नगटी दङ्गल कुस्ती प्रतियोगितामा नेपाल नवलपुर विनयी त्रिवेणी ६ लक्ष्मी नारायण नागाबाबा कुटीका पिठाधिश समेत रहनु भएका पहलवान केशव दासले प्रथम स्थान हासिल गरि ट्रफी मेडल सहित २ लाख नगद हासिल गर्नुभएको हो।
२०८१ साल दिपावलीको अवसरमा आयोजना भएको कुस्ती प्रतियोगितामा नेपाल भारतका गरि कुल ९५ पहलवानहरुको सहभागिता रहेको दङ्गलमा त्रिवेणी नागाबाबा कुटीका पिठाधिश पहलवान केशव दासले ५४ वर्ष उमेर समुहमा प्रथम भएका थिए भने भारत दिल्लीका सोम पहलवान दोस्रो भएको जानकारी प्राप्त भएको छ।
बिहान मधुबनी पण्डोल बेलाहीका समाजसेवी सन्तोष झाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विजयी र उपविजयी पहलवानहरुलाई मेडल कप,प्रमाणपत्र र नगद प्रदान गरिएको थियो।
४ दिनसम्म सञ्चालन भएको दङ्गल प्रतियोगितामा प्रथम स्थान हासिल गरेका पहलवान केशव दास पश्चिम नवलपरासी सरावल गाउँपालिका ६ पुसौलीमा जन्म भइ बाल्यकालदेखि नै कुस्ती खेलमा चासो राख्दै २०७१ सालदेखि विनयी त्रिवेणी ६ नागाबाबा कुटीका तत्कालीन महन्त बालक दास बैरागीको निधनपछि पहलवान केशव दासले मन्दिर महन्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ।
पहलवान केशव दासले यसपुर्व आफ्नो युवा अवस्थामा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगितामा भाग लिनु भएको उनका सहयोगीहरुले बनाउने गरेका छन।

पहलवान केशव दासले भगवान श्री राम जन्मस्थल अयोध्यादेखी जगत जननी सीता माताको जन्मस्थल जनकपुर हुँदै पश्चिम नवलपरासीको त्रिवेणी धाम र बाल्मिकी आश्रमसम्म धार्मिक परिवेश जोड्न सकिए अयोध्या हुँदै जनकपुर आउने भक्तजनहरु त्रिवेणीमा पनि आउने र त्रिवेणीको महिमा द्रुत गतिका साथ बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

