Rashtriya Dainik

छठ पूजाको उपलक्ष्यमा पर्साको कालिकामाई गाउँपालिका-१ मुड्लीमा ५० जनाले गरे रक्तदान

राजन कुमार बानिया /पर्सा ,२० कार्तिक

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीमा अाज रक्तदान जिवन दान भन्ने नाराका साथ जन सेवा नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन । छठ पर्वको उपलक्ष्यमा जन सेवा नेपाल संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन।

रक्तदान गर्नेहरुमा गजेन्द्र साह, भुपेन्द्र कुमार साह,सुरेन्द्र साह,रामकिशोर महतो, राजु राम राम,,उदय सिंह, जुनैद हुसेन,सन्दिप पटेल ,पिन्कु राम, लागायतका रहेको जन सेवा नेपाल का अध्यक्ष राधेश्याम प्रसाद पटेलले जनाएका छन।

जन सेवा नेपालका अध्यक्ष राधेश्याम प्रसाद पटेलको अध्यक्षता भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योगमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा प्रदेश साँसद शंकर प्रसाद चौधरी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बशिष्टनारायण प्रसाद कुर्मी, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, झकड मियाँ , राधाकृष्ण चौरसिया,रामशिष कुर्मी,युवा नेता अजय कुमार पटेल, कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अध्यक्ष लालबाबु राउत बरई, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा का संयोजक अभिलाष गुप्ता लगायतको सहभागीता रहेको थियो ।

प्रबिधिक सहयोग रक्त सञ्चार केन्द्र बिरगंजका जितेन्द्र कुशवाहा, मनिष गुप्ता, नितेस यादव लागायतको प्राबिधिक टोलीफरहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित