संजय कुशवाहा / नवलपरासी १९ कार्तिक
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.८ पिपरपातीमा प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
पिपरपाती युवा परिवारको आयोजना तथा वडा न.८ को संयोजनमा प्रतियोगिता कार्तिक ८ गते देखि संचाल भएको प्रथम वडाध्यक्ष कप क्रीकेट खेल प्रतियोगितामम २० वटा टिमहरुको सहभागिता रहेको थियो ।
आयोजना गरिएको क्रीकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा प्रतापपुर वड नं.८ पिपरपाती र मोजरहिया क्रीकेट टिम बिच भएकोमा मोजरहिया क्रीकेट टिम ३ विकेटले विजयी भई १५ हजार नगद कप मेडल प्राप्त गरेको थियो भने उपविजेता पिपरपाती टिमले १० हजार नगद सहित कप मेडल प्राप्त गरेको छ ।
सोही वडाका वडाध्यक्ष सन्तोष राजभरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार ( सन्तु ) को प्रमुख आतिथित्तामा क्रिकेट प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा मन्त्री कलवारले खेल नियमको परिधिभित्र रहेर खेल्ने खेलाडीले नै उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउदै विजेता र उप विजेतालाई सिल्ड कप र मेडल प्रदान गर्दै ग्रामीण भेगमा खेलाइने खेलहरुबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राख्दै युवा जनशक्तिलाई खेलकुदको माध्यमबाट बहुआयामिक व्यक्तित्वको विकास गर्न सकिने जिकिर गर्दै अन्त्यमा सत्य र न्यायको नै जित हुने विचार व्यक्त गर्नुभयो । 
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको क्रिकेट प्रतियोगिताको समापन समारोहमा जनप्रतिनिधि ,खेलप्रेमी र ठूलो सङ्ख्यामा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।
खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि सम्मान सहित मेडल प्रदान गरिएको छ भने कार्यक्रम संचालन मधु ठाकुरले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

