Rashtriya Dainik

सुस्तामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्युु

विनोद निगम / नवलपरासी , १९ कात्तिक

पश्चिम नवलपरासी सुस्तामा आईतबार ६ बजेको समयमा मोटरसाइकिल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुस्ता गाउँपालिका २ सतपती स्थित भित्रि सडक खण्डमा बरुवा बाट कुडिया तर्फ जाँदै गरेको लु १८ प ५८४९ मोटरसाइकल आफै अनियन्त्रीत भई बाटोको छेउमा पल्टन जाँदा मोटरसाइकल चालक सुस्ता २ महलबारी बस्ने वर्ष ४५ को दल बहादुर चौधरी रहेका छन्।

प्रहरीको अनुसार चौधरीको टाउकोमा र शरिरको बिभिन्न भागमा चोट पश्चात उपचारको लागी क्रिमसन हस्पिटल मणिग्राम पठाईएको थियो।

अन्दाजी ९ :२५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा नै रहेको, पोष्टमार्टम लगायत अन्य प्रकृया बाकि रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकरी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित