Rashtriya Dainik

गुठी परसौनीमा १९ औं खुल्ला क्रिकेट प्रतियोगिता सुरु

संजय कुशवाहा / नवलपरासी १७ कार्तिक  

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीमा शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा १९ औं खुल्ला क्रिकेट प्रतियोगिता शनिबारबाट शुरू भएको छ ।

माउन्ट एभरेस्ट क्रिकेट क्लबको आयोजनामा भएको सो प्रतियोगिता जन जागृति माध्यमिक विद्ययालय गुठी परसौनीको खेल मैदानमा सुरु भएको हो । माउन्ट एभरेस्ट क्रिकेट क्लबका अध्यक्ष अमर यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा बाताबरण मन्त्री देवकरण कलवार ( सन्तु )को प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

खेल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले  खेल क्षेत्रलाई प्राेत्साहन गरि युवाहरूमा उर्जा थप्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । क्लबले छाेटाे समयकाे तयारीका बिचमा पनि राम्रो सहभागीता रहेकाे बताउँदै सहभागी खेलाडीहरूलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो । साथै यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहान बिचार राखनु भयो । 
सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.६ का कार्वाहक वडाध्यक्ष अवधेश यादव , वडा नं.७ का वडाध्यक्ष हरेन्द्र यादव ,प्रतापपुर आयुर्वेद शाखा प्रमुख दिन बन्धु मिश्रा , वडा न.९ का पुर्व वडाध्यक्ष हेमेन्द्र पजियार ,नौलो बिहान बहुमुखी सहकारीका अध्यक्ष रामपृत यादव लगायतले खेलकुदको महत्वमाथी प्रकाश पार्नु भयो ।
“स्वाथ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको खुल्ला क्रिकेट  प्रतियोगितामा सुरू भएको छ ।
प्रतियोगितामा बिजयी टिमलाई ३५ हजार नगद सहित कप,मेडल प्रदान गरिने छ भने उपबिजेतालाई २५ हजार नगद सहित कप,मेडल सहित प्रदान गरिने छ  ।

खेलमा १६ टिम सहभागिता भएका हुन  । प्रतियोगिता कार्तिक १७ गतेदेखि कार्तिक २३  गतेसम्म सञ्चालन रहने आयोजकले जानकारी दिएको छ ।
 खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा गुठी सुर्यपुराका किशोरीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । खेल प्रतियोगिताको उद्घाटन समारोहमा पालिका अन्तर्गतका जनप्रतिनिधि , राजनीति दलका नेताकार्यकर्ता र संचारकर्मी तथा स्थानीय सर्वसाधारण लगायतका उपस्थिति रहेका  थिए । भने कार्यक्रम संचालन दिलीप गुप्ताले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित