कपिलवस्तु , कार्तिक १७।
भारतकाे पंजाबबाट भाइ टिकामा बढ्नी हुँदै घर फर्किरहेकाे कार दुर्घटना भई दुई जना नेपालीकाे निधन भएकाे छ ।
भारतकाे पञ्जाब, रामनगरबाट नेपाल फर्कदै गरेकाे
गाडी पिबि १० जेएन ६१९९ हुण्डाई कार राेडवेज बससंग दुर्घटना हुंदा चालक दिनेश बेलबासे निवासी बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्धहवा उमेर ३७ वर्ष उनकै शारदा बेलबासेसंगै गैडाकोट ६ नवलपरासी सुस्ता तथा पूर्व जिल्ला नवलपुर निवासी कलाधर शर्मा उमेर २७ वर्ष एवम् जितपुर नम्बर ४ निवासी देवबहादुर उमेर करिब ५१ वर्ष र उनकै पत्नी धनकाला उमेर करिब ५० वर्ष सवार हुन्डाई कारसंग युपी ४७ टी २७०३ नम्बरको बस बलरामपुर डिपोसँग ठोक्किँदा दुई जनाकाे ज्यान गएकाे छ भने बाकी घाइते ३ जनाकाे उपचार भईरहेकाे बलरामपुर प्रहरीले जनाएको छ ।

चालक दिनेश बेलबासे र अनिल सापकोटा , टेकबहादुर र धनकाला घाइते भएका छन् । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका सापकोटाको घटनास्थलमै मृत्यु भएको हो
साे मध्ये गम्भीर घाइते रहेका दिनेश बेलबासेलाई कारबाट बाहिर निकालेर उपचारका लागि सिएचसी पचपेडवा लगिएको छ । त्यस्तै टेकबहादुर र धनकालालाई सीएचसी पचपेडवा एम्बुलेन्सबाट उपचारका लागि पठाइएको छ ।
टाउकाेमा चाेटका कारण दिनेश बेलबासे र अनिल सापकाेटकाे घटना स्थल मै निधन भएकाे हाे । थप कानुनी कार्यवाही भइरहेकाे विज्ञाप्ति मार्फत भारतीय प्रहरीले जनाएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

