राष्ट्रिय दैनिक /नवलपरासी , २२ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रहेकाे सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने सरावल गाँउपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनु भएकाे छ।
सरावलमा रहेकाे वडा न १ देखि ७ सम्मकाे सबै समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने अाफ्नाे मुख्य जिम्मेवारी रहेकाे प्रतिबद्धता ब्यक्त गर्नु भएको हाे।

सरावल गाँउपालिका महेन्द्र राजमार्ग संग जाेडि भारतकाे सिमा नाका सम्म बानावट रहेकाे यी क्षेत्रमा लागुपदार्थ दुर्ब्यसनि ,चेलिबेटी बेचबिखन,महिला हिंसा ,तथा गाडि दुर्घटना जस्ता घटनाहरु बढि हुने भएकाेले यश तर्फ पनि समाधानका लागि अाफु लागि परेकाे बताउनु भयाे।
याे गाँउपालिका अन्तर्गत रहेकाे यी विभिन्न समस्याहरु समाधान गर्न गाँउपालिकाले कुनै पनि कुरामा पछि नपर्ने ठाेकुवा गर्नु भयाे।

गाँउपालिका अन्तर्गत रहेकाे सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई सरावलकाे सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेकाे बताउनु भयाे ।
गाउँपालिकाबाट ५० देखि ७५ प्रशिसत अनुदानमा किसानलाई विउबिजन तथा कृषि अाैजार वितरण भइरहेको अध्यक्ष चाैधरीले जानकारी दिनुभएको छ।
याे बर्षकाे खास गरि सडक कालाेपत्रे शिक्षा ,स्वास्थ्य ,खानेपानि ,युवा बिकास तालिम ,निर्माण,महिला ,बालबालिका ,पिछडा बर्ग लगायत क्षेत्रकाे बिनियाेजित कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ र ३० प्रतिशत कार्य प्रक्रियामा रहेको जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

