Rashtriya Dainik

भाईटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा

काठमाडौं ,१७ कार्तिक

यो वर्ष भाईटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जानकारी गराएको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेतमा भाइटीकाको साइत शुभ रहेको समितिको बैठकले निर्णय गरेको हो ।
त्यसैगरी भाईटीका पश्चिम मोहडा गरेर लगाउदा राम्रो मानिनेछ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंलबारदेखि सुरु भएको छ । १३ गते मंलबार धनत्रयोदशी (धनतेरस), १४ गते बुधबार यमदीपदान र कागतिहार, १५ गते विहिबार कुकुर पुजा, नरक चतुर्दशी, साँझ लक्ष्मी पुजा गरिसकिएको छ ।

शुक्रबार औँशी परेको र यो दिन तिहारको कुनै पर्व नपरेको समितिले जानकारी गराएको छ । कात्तिक १७ गते शनिबार गाई पूजा, गोवद्र्धन पूजा र र कात्तिक १८ गते भाईटीका परेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित