राष्ट्रिय दैनिक /नवलपरासी १६ कार्तिक
नवलपरासीमा १९ औं खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनी जन जागृति माध्यमिक विध्यालयको खेल मैदानमा कार्तिक १७ देखि प्रतियोगिता हुन लागेको हो ।
दिपावली तथा छठ पर्वको अवसरमा माउन्ट एभरेस्ट क्रिकेट क्लबले खुल्ला क्रिकेट आयोजना गरेको छ ।

क्लबका अध्यक्ष अमर यादवले १९ औं खुल्ला केट प्रतियोगिता गर्न लागेको बताएका हुन ।
शनिबार उद्घाटन हुने प्रतियोगिता लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु ) द्वारा खेल उद्घाटन हुने भएको अध्यक्ष यादवले बताए ।
उनले प्रतियोगितामा १६ वटा टिमको सहभागिता हुने बताएका हुन् ।
क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको बताउँदै अध्यक्ष यदवले खेल क्षेत्रको विकास गर्ने उद्देश्यले हामीले प्रतियोगितालाई निरन्तार दिएका हौं । प्रत्येक वर्ष हुने क्रिकेट प्रतियोगिता भव्य र सभ्य तरिकाले हुने गर्छ । क्रिकेट खेलको स्थायी र राम्रो मैदान नहुँदा प्रतियोगिता लगायत प्रशिक्षणका लागि समस्या परेको यादव बताएका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

