Rashtriya Dainik

लहानको खुट्टी खोलाको नहर पूर्णतया अलपत्र ।।।

विनोद मण्डल /१६ कार्तिक ।

सिरहाको लहान १० बाट शुरू भएको खुट्टी खोलाको नहर नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर राणाले सप्तरी जिल्लाको करिब १०,५०० हेक्टर जमिनमा सिँचाइ पुग्ने हिसाबले करिब ३१ किलोमीटर लामो चन्द्र नहरको सिभिल इन्जिनियर डिल्लीजङ्ग थापाले कोरेको नक्शाको आधारमा विक्रम सम्वत १९७९ मा नहरको निर्माण शुरू गरी चार वर्षभित्र वि.सं. १९८५ मा सम्पन्न भएको भएको उक्त नहर पछिको दोश्रो नहरको रूपमा लाहानस्थित खुट्टी खोलाको नहर निर्माण गरिएको थियो ।

लाहान नगरपालिकाको प्रशासनिक ग्रामीण क्षेत्रको पूर्वी भागमा रहेको खुट्टी खोलामा तत्कालीन मेयर मुनि शाहले आफ्नो कार्यकालमा नहरको पुनःनिर्माण सुरु गरेका थिए । उनले खुट्टी खोलामा नहरको हेड वर्क निर्माणको एक औपचारिक कार्यक्रमका बीच शिलान्यास समेत गरेका थिए ।

लाहान नगरपालिकाको बजार एरिया अन्तर्गत वडा नं ६,७ र १० हुँदै ग्रामीण चौकदेखि पश्चिम लहान-११ पडरिया हुँदै वडा-१२, २२, २०, २१, १९ र २३ मा पानी पुगाउन जे.एस. क्याम्पस अगाडि कल्भर्ट निर्माण भएपनि आम किसानको खेतबारीमा सिंचाइ सुविधा पुग्न सकेको छैन ।

उक्त समयमा प्रदेश सरकारको करिब ८ करोड ५६ लाख रुपैयाँ लगानीमा मल्टी टेक प्रालिले ठेक्का हात पार्दै नहर/ड्याम निर्माण सुरु गरेका थिए ।

लहान –१० स्थित रहेको ओशो आश्रमको उत्तरपट्टिबाट निकालेर लहान ५, ६, ७, ८ हुँदै गएको खुट्टी खोला नहरमा वर्षौंदेखि पानी बगेको छैन ।

तत्कालीन अवस्थामा खुट्टी खोलामा सिँचाइका लागि बनाइएको नहरमा पानी आउन छाडेको ३२ वर्षपछि ‘बालुवाको बाँध’ बनाइएको थियो तर दुई साता पनि उक्त बाँध टिक्न सकेन । यसबाट पाँच लाख रुपैयाँभन्दा बढी खेर गएको थियो ।

नगरपालिकाले तीन मिटर अग्लो र डेढ किलोमिटर लम्बाइको बाँध बनाएको थियो । यसका लागि प्रतिघण्टा ३ हजार ३ सय रुपैयाँका दरमा एक्साभेटर भाडामा लिइएको थियो ।

करिब एक हजार बिघा जग्गामा सिँचाइ गर्न सकिने गरी निर्मित उक्त नहरमा पानी चढाउन बनाइएको बाँध ३२ वर्षअघि पनि भत्किएको थियो ।

नहरको ग्रामीण चौक स्थित मन्दिर निर्माण गरिएको छ भने नहरको अवस्था कुरुप बन्दै घरका कतिपय फोहोरहरु पाईपका माध्यमबाट नहरमा खसालिएको छ । नहरको अधिकांश भाग मिचिएको छ । नहरको वर्तमान अवस्था हेर्दा अधिकांश भाग मिचिएको छ , भने लहान नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको पूर्वी बस स्टेन्डनजिक नहरमै सार्वजनिक शौचालय बनाएको छ ।

स्थानिय बासीहरुले नहरमा दिनानु दिन फाल्ने फोहोरले नहरको पानी फोहोर भई उक्त पानी आम किसानको खेतमा लगाउँदा उब्जनीमा कमी आउने पक्का छ ।

नहरलाई ब्यबस्थित गर्नका लागि आपसी छलफल र सहकार्य गरेर नहरको भौतिक संरचनाको सुधार गर्ने हो भने एकातिर नहर सञ्चालनको अवस्था रहन्छ भने अर्कोतिर मिचिएको भागहरूमा आकर्षक भौतिक संरचनाहरु निर्माण गरेर लहानको सौन्दर्य बढाउन सकिने देखिन्छ ।

खुट्टी खोलाको नगर वर्षौ देखि रहिराँदा पनि हालसम्म उक्त नहर सञ्चालनको अवस्था छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित