सुनवल, १३ कार्तिक
विशासय सामुदायिक वन उपभोक्ता समूहले निसानी देवी प्राथमिक विद्यालय सुनवल-४ (बिहारी) मा छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गर्दै शैक्षिक सामाग्री सहयोग गरेको छ।
गरिब र अति बिपन्न परिवारका विद्यार्थीलाई पठनपाठनमा सहजताकाे लागि शैक्षिक सामग्री सहयोग गरिएको हाे।
उक्त कार्यक्रममा समूहका अध्यक्ष गङ्गाप्रसाद घिमिरेले छात्रवृत्ति मात्र होइन, शैक्षिक सामाग्री पनि प्रदान गर्दै विद्यार्थीहरूको अध्ययनमा थप सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक र स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
छात्रवृत्ति वितरण मार्फत २० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्रदान गरिनुका साथै सिकारुको शैक्षिक यात्रामा महत्वपूर्ण मद्दत गर्ने समेत अध्यक्ष घिमिरेले जानकारी दिनुभयाे ।
यस्तो कार्यक्रमले समुदायको शिक्षा स्तर सुधार्न मद्दत गर्ने स्थानीय बासिन्दाले विश्वास व्यक्त गरेका छन्।
विशासय सामुदायिक वन उपभोक्ता समूहले यस कार्यक्रम मार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

