राष्ट्रिय दैनिक / नवलपरासी ,१३ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको सभाहलमा निर्माण व्यवसायीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सरावल गाउँपालिकाको आयाेजनामा सरावल गाउँपालिका अन्तर्गतका सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मकाे उद्योगी ब्यवसायीहरुकाे सहभागीता रहेको थियो ।

पालिका अन्तर्गत रहेका निर्माण व्यसायीहरुलाई उनिहरुको काम गर्ने समयमा पर्ने बाधा अवरोध लगायतलाई सहजता दिनकालागि उक्त एक दिने अभिमुखिकरणकाे आयोजना गरिएको पालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो । निर्माण व्यवस्थापनसम्बन्धी अनुभवको अभावमा निर्माण व्यवसायमा विभिन्न समस्या सामना गर्नुपर्ने अवस्था आउने गरेकोले निर्माण व्यवसायीमा व्यवस्थापन सम्बन्धी ज्ञान आवश्यक भएको बताउनुभयो । उहाँले कुनै पनि योजना निर्माणका विभिन्न चरणमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण हुने भएकोले तालिमको आयोजना गरिएको भन्दै निर्माण व्यवसायीलाई आफूले लिएको काम समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।

त्यस्तै पालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले निर्माण व्यवसायीहरुलाई काम गर्ने दौरानमा पर्ने बाधा अवरोधहरुलाई कसरी सहज गर्न सकिन्छ, कार्यालयका जटिलतालाई विरोधाभासलाई कम गर्नका लागी यो तालिमले निर्माण व्यवसायीहरुलाई सजिलो हुने बताउनुभयो । सार्वजनिक खरिद नियमावली देखी टेन्डर प्रक्रिया एवं सम्झौता सम्म गर्नलाई निर्माण व्यवसायीहरुले के कस्ता सावधानी गर्नुपर्ने रहेछ भन्ने जस्ता कुराहरुमा तालिमले ज्ञान बोध गराएको अधिकृत मिश्राले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रमले व्यवसायीहरुलाई थुप्रै प्राविधिक र सैद्धान्तिक कुराहरुमा जानकार बनाएको याेजनाशाखा प्रमुख इश्वरी खनालले बताउनुभयो ।

सम्पन्न भएको अभिमुखीकरण कार्यक्रमकाे सहजिकरण रामग्राम नगरपालिका प्रशासन अधिकृत रामलाल भुषाल, लेखा अधिकृत नारायण पाण्डेय , प्राविधिक शाखाका हेमन्त चाैधरी र लेखापाल नरेश काेहारले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

