आरपि उपाध्याय / नवलपुर ,१३ कार्तिक
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा सिमा सहजीकरण समितीको बैठक मङ्गलबार वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ।
विनयी त्रिवेणी गा.पा. वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको संयोजकत्वमा सिमा सहजीकरणको बैठक सम्पन्न भएको हो।
आउदै गरेको दिपावली,छठ पर्वलाई लक्षित गर्दै सिमा क्षेत्रमा हुने गतिविधि निगरानी गर्दै उत्पन्न हुने समस्या समाधान गर्न बैठक केन्द्रित रहेको बैठकमा सहभागी दिपक कुवरले जानकारी दिनुभएको छ।
पुर्वी नवलपरासीको भारत संग जोडिएको गण्डक ब्यारेज नाका र आसपासका इलाकामा हुने गैरकानुनी क्रियाकलापलाई रोकथाम गर्दै सुरक्षा व्यवस्थालाई अझबढी भरपर्दो र विश्वसनीय ढङ्गबाट नागरिक समक्ष पुर्याउन बैठकमा छलफल गरिएको थियो।
बैठकमा अवैध रुपमा चलाइने सवारी साधन र चालकको गतिविधि निगरानी गरि अवैध रुपमा हुने प्रत्येक गतिविधि रोकथाम गर्नुका साथै विनयी त्रिवेणी वडा न. ७ का विद्यालयहरुमा लागू औषध दुर्व्यवसनी विरुद्धको जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको बुझिएको छ।
त्यसैगरी सिमा क्षेत्रका नाकाहरुमा बिस्फोटक सामाग्रीहरुको आयात र प्रयोग रोकथाम गर्न सुरक्षा निकाय, जनप्रतिनिधि, संघसंस्थाका निकाय कृयाशिल हुनुपर्ने बैठकमा निर्णय भएको बताइएको छ।
सिमा सहजीकरणको बैठकमा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गणेश थापा, ई.प्र.का. त्रिवेणीका सई महेश रायमाझी, जनप्रतिनिधि तथा स्थानीय सञ्चारकर्मीको पनि उपस्थिति रहेकोे आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

