Rashtriya Dainik

प्रतापपुरमा धन्वन्तरी जयन्ती दिवस मनाइँदै

राष्ट्रिय दैनिक / नवलपरासी १३ कार्तिक

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो ।
त्यसैगरी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनीमा रहेको प्रतापपुर आयुर्वेद शाखाले पनि धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस कार्यक्रम गरि मनाएको छ ।
सोही वडाका कार्वाहक वडाध्यक्ष अवधेश यादवको अध्यक्षता तथा युवा समाजसेवी संघर्ष जयसवालको प्रमुख आतिथ्यतामा धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसको अवसरमा भगवान् धन्वन्तरी पूजा गरि कार्यक्रम समापन भएको थियो ।
सो अवसरमा युवा समाजसेवी जयसवालले देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको जयसवालले बताउनुभयो ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् ।
प्रतापपुर आयुर्वेद शाखाको रूपमा सञ्चालनमा रहेको आयुर्वेद औषाधालय प्रभावकारी बन्दै गएको छ ।
आयुर्वेदिक उपचार पद्धति र जडीबुटीबाट बनेका औषधिबाट एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि सेवाग्राहीहरूको आयुर्वेद उपचारतर्फ आकर्षण बढेको आयुर्वेद शाखाका प्रमुख दिन बन्धु मिश्राले बताउनुभयो । साथै हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ बताउदै विगतको तुलनामा आयुर्वेदिक औषधिको माग कैई गुनासम्म बढेको मिश्राले बताउनुभयो ।
सो कार्यक्रममा वडा सदस्य कनहिया हरिजन ,समाजसेवी दिलिप गुप्ता , समाजसेवी राजकुमार यादव , अमर यादव , महेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित