राष्ट्रिय दैनिक /नवलपरासी , १३ कात्तिक ।
नेपाली कांग्रेस रामग्राम नगर वडा न.१५ र १६ को संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम आज शुक्रौलीको सम्पन्न भएको छ।

नेपाली कांग्रेसका वडा सभापति धुब्रनारायण चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य , सहकारी बिभागका प्रमुख एवंम् पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आथित्यता र नेपाली कांग्रेसका नेता एवंम् महासमिती सदस्य गुणनिधि तिवारीको बिशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य , सहकारी बिभागका प्रमुख एवंम् पुर्व गृहराज्यमन्त्री कण्डेलले देशको समयपरिबेक्षवारे चर्चा गर्दै संगठन बिस्तार गरी कांग्रेसलाई अझै बलियो बनाउनुपर्ने बताउनुभयो । सो अवसरमा विशेष अतिथी नेपाली कांग्रेसका नेता एवंम् महासमिती सदस्य तिवारीले कांग्रेसको संगठन विस्तारमा जोड दिनुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल ,संघीय सभापति माधब पाण्डे,नेपाली कांग्रेस नवलपरासीकी कोषाध्यक्ष उत्तमा राय , तारा भण्डारी ,गजानन्द पटेल ,राजेन्द्र सहानी ,रम्भा कुवर,गोपाल डिसवा , बबुल्ला धुनिया , शिव प्रसाद यादव,बलिराम कोईरी लगायतले बोल्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

