वीरगंज २२ माघ
विगत एक सप्ताह देखि सितलहरले बढदै गएको जाडोको मध्य नजर गरि अाज वीरगंजको गृहसभामा कलवार सेवा समिति समाज पर्साले नगर भित्र रहेको विभिन्न वडाहरुमा रहेको गरिब तथा बिपिन्न बर्गको मानिसहरूलाई सिरक वितरण गरेको छ।
समाजसेवी भोला गुप्ताले मानवसेवा नै सबभन्दा ठुलो सेवा हो । कलवार समाजले यति अावशयक रहेको गरिब वर्गहरुको लागि शिक्षा , स्वास्थ खाघान्नमा सहयोग गर्ने र गराउने बताउनुभयो । यो समाजले गरिब वर्गका मानिसहरुलाई सहयोग युवाहरुलाई लागन अाग्रह गरे। यो समाजले असहाय गरिबहरुलाई निरन्तरता दिने बताउनुभयो ।
समाजले बिहीबार वीरगञ्जका विभिन्न स्थानका गरिव, अतिविपन्न र दिनदु:खिहरुलाई एक कार्यक्रम बीच अाज तेस्रो चरणमा सिरक १५० जना घरपरिवारलाई वितरण गरेको समाजका अगुवा भोला कलवारले बताउनुभयो ।
समाजसेवी राजिव कलवारको सभापतित्वमा भएको कार्यक्रममा वीरगंजको विभिन्न वडामा रहेको गरिब विपन्न वर्गका १५० जनालाई घरपरिवारलाई वितरण गरेको हो।
उक्त कम्बल वितरण कार्यक्रममा कलवार समाजका अगुवा शिवजि कलवार, वीरगंज उधोग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष सुबोध गुप्ता ,राजेन्द्र कलवार , विष्वामित्र कलवार , नेता बाबुराम कौशिक लगाएतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

