Rashtriya Dainik

मंगलापुरमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु : पुर्व मन्त्री कण्डेलले गरे उदघाटन

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुरमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु भएको छ ।

दुर्गा युवा क्लबका अध्यक्ष ज्ञानेन्द्र प्रजापतिकाे अध्यक्षता तथा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देबेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यतामा एक कार्यक्रम बिच भब्यताका साथ कपर्दी उदघाटन गरिएको हो ।

उदघाटन खेललाई सम्बाेधन गर्दै पुर्व मन्त्री कण्डेलले खेल खेल्दा अनुसासनमा रहि राजनीतिक पुर्वाग्रह नराखी खेल्नुपर्ने आवश्यक रहेको बताउनु भयो। मंगललापुर र ललितपुर आफ्नो पुर्बजहरुकाे कर्मभुमी रहेको हुनाले यहाँ भइरहेका खेल र लक्ष्मी पुजाकाे लागि आफुले आर्थिक रुपले अगामि दिनमा समेत सहयोग दिईरहने घाेषणा समेत गर्नुभएको थियोे ।

कपर्दी प्रतियोगितामा सरावल गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , समाजसेवी राजेन्द्र सहानी,जिल्ला फुटबल संघ नवलपरासीको सचिव महेन्द्र चाैधरी, समाजसेवी कृपाकाैशाल चाैधरी र युवा नेता जन्मेजय यादव लगाएतले खेलकाे महत्त्वकारे प्रकाश पार्नुभएकाे थियो ।

मङ्गलापुरबासी र युवाहरु आफ्नो परमपराको निरन्तरता दिदै पुर्वजहरुको सम्झनामा लक्ष्मीकाे मुर्ति राखी पुजा गर्ने र कपर्दी खेल गराउने कार्यलाई निरन्तर्ता दिइ रहेको आयाेजकले बताएको छ।

कपर्दी प्रतियोगिता उदघाटन समारोहमा थारु सांस्कृतिक नृत्य सहित भाेजपुरी बहुचर्चित गायक राजा भाेजपुरीया समेतकाे प्रस्तुति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित