Rashtriya Dainik

सरावल गाउँपालिका अध्यक्ष चाैधरीकाे नेतृत्वमा प्रदेश मन्त्रीलाई ज्ञापन

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई ध्यानाकर्षण गराउनुभएको छ।

सरावल गाउँपालिका अन्तर्गत पर्ने सड्क अधिकांश भत्केको/विग्रेको अवस्थामा रहेको तथा उक्त सड्क मर्मत कार्य अबिलम्ब सुचारु गराउनकाे लागि पालिका अध्यक्ष चाैधरीले भौतिक पूर्वाधार विकास मन्त्री ढकाललाई भेटेर ध्यानाकर्षण गराउनु भएको हाे।

पालिका अध्यक्ष चाैधरीले मन्त्रालय अन्तर्गतको सडक पुर्वाधार विकास कार्यालयवाट विगत वर्ष देखि नै सम्झौता भइ कार्य हुन नसकेको मन्त्री ढकाललाई जानकारी गराउनु भएको हाे । यस क्षेत्रको यातायात पुर्वाधार विकास तथा आवतजावतको लागि उक्त सडक अत्यन्त महत्वपुर्ण रहेकाले यथाशिघ्र उक्त योजनाको कार्य सम्पन्नहुने व्यवस्था सहित अनुरोध गर्नुभएको हाे।

अध्यक्ष चाैधरीले महेशपुर-भुजहवा सुर्यपुरा हुँदै त्रिवेणी सड्क खण्ड अन्तर्गतको महेशपुर देखि बर्दघाटे मन्दिर हुँदै सुर्यपुरा सम्मकाे बाटो र सरावल-३ भिमटाँढी देखि सरावल गाउँपालिकाको केन्द्र जोड्ने पालिका पहुँच मार्गकाे काम अबिलम्ब सुचारु गराउनकाे लागि ध्यानाकर्षण समेत गराउनु भएको हाे।

मन्त्री ढकालले प्रदेशबाट भएको काम सम्बन्धित ठेकेदारलाई ताकेदा गरि छिट्टै काम सुचारु गराउनकाे लागि आवश्यक पहल प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएकाे थियो।

आफू पनि नवलपरासी गई रहदा बाटोहरुकाे अवस्था नाजुक रहकाे बताउदै यश कामलाई छिट्टै निरन्तर्ता दिने कुरा राख्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित