राष्ट्रिय दैनिक / नवलपरासी ,११ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ रामपुर खडाैना स्वास्थ्यचाैकीमा निःशुल्क एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सरावल गाउँपालिका स्वास्थ्यशाखाको आयोजनामा दम, छाति रोग, मुटु रोग जोर्नि तथा जनरल सर्जिकल (हाइड्रोसिल, हर्निया, पेट सम्बन्धी रोगहरुको उपचार तथा निदान/परामर्श प्रदान गरिएको सरावल स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटाले बताउनुभयो ।

शिबिरमा प्रादेशिक अस्पताल सर्जन प्रेम प्रकाश पाैडेल,पृथ्वीचन्द्र अस्पताल फिजिसियनकाे डा.सुस्मिता उपाध्याय र मेडिकल अधिकृत डा.अनिश गुप्ताले रोगको परिक्षण सहित उपचार र अप्रेसन समेत गर्नु भयेको थियो ।

शिबर अनुगमन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले पालिकाभित्रका स्थानीय बासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै निशुल्क एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो।

गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा सुरुवात कालदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै अध्यक्ष चौधरीले रोग लागेर सहयोग गर्नुको साटो पालिकाबासीलाई रोगै लाग्न नदिने गरी बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले गाउँपालिका सबै वडालाई समेट्ने गरी पटक पटक विभिन्न शिविर र निशुल्क चेकजाँच कार्यक्रम हुदैआएको बताउनुभयो ।

त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष छाेटेलाल गुप्ताले बाढी प्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै याे शिबर सन्चालन गरिएको बताउनुभयो । अध्यक्ष गुप्ताले यश शिबिरले जेष्ठ नागरिक , महिला ,बालबालिकालाई विशेष लाभ भएको बताउनुभयो ।

शिबिरमा जेष्ठ नागरिक , महिला ,बालबालिकहरुकाे उत्साहजनक सहभागीता रहेको थियो भने सहभागीहरु गाउँघरमै निःशुल्क एकिकृत स्वास्थ्य शिविर भएको हुनाले खुशी ब्यक्ति समेत गरेका थिए।

निशुल्क एकीकृत स्वास्थ्य शिविरमा महिला ९७ जना , पुरुष ७७ जना गरि जम्मा १७४ जनाको स्वास्थ्य जांच तथा उपचार भएको थियोे। १७४ जना मध्ये १७ वटा सर्जिकल केश रहेकाे थियोे । जस मध्ये २ जनाको पाइल्सको, ४ जनाको हाइड्रोसिलको र १ जनाको सिस्टको अप्रेशन गरिएको सरावल स्वास्थ्यचाैकी प्रमुख सुमन पन्तले जानकारी दिनुभएको थियो। शिबिरमा औषधि , प्रयोगशालाजांच र अप्रेशन सेवाहरु निशुल्क रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

