उमेश बि.क / नवलपरासी ,३ कार्तिक नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ कुर्थावलमा बालबिवाह विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ । गुराँस सम्बाद केन्द्रकाे अायाेजना तथा ए.बि.सि नेपाल ,स्ट्राेम फाउन्डेसन नेपाल र सरावल गाउँपालिकनकाे समन्वयमा सडक नाटक प्रर्दशन गरेको हो । नाटक मार्फत बालबिवाहको कारण, असर र कानुनी व्यवस्थाका बिषयमा सन्देश प्रवाह गरिएको थियाे । बालबिवाहका कारण शैक्षिक, सामाजिक, आर्थिक, स्वास्थ्य क्षेत्रमा असर परेको असर, बालबिवाह गर्दा हुने कानुनी कारबाहीको बारेमा गुराँस सम्बाद केन्द्र र जनएकता सम्बाद केन्द्रका किशोरीहरुले नाटकको माध्यमबाट प्रस्तुत गरेका थिए । बाल बिवाह विरुद्ध सडक नाटकमा वडा नं. ६ का वडा अध्यक्ष कैलाश यादव ,गुराँस सम्बाद केन्द्र्को sst अध्यक्ष नेम नारायण यादव , समाजसेवी परासनाथ गुप्ता ,दिवकार प्रसाद यादव ,रामश्री केवट,रतन हरिजन ,समर्पण समाज परिवर्तनका अध्यक्ष राज गुप्ता लगाएत स्थानीय जनसमुदायको उपस्थिति रहेको ए.बि.सि नेपालकि सहजकर्ता साइदा नेसाले जानकारी दिनुभएको हाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।