Rashtriya Dainik

नवकट्टी पुसाैलीमा गाउँले खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु

राष्ट्रिय दैनिक / नवलपरासी ,११ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ नवकट्टी पुसाैलीमा स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुलनाराका साथ गाउँले खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु भएको छ ।

महालक्ष्मी युवा क्लबका अध्यक्ष सन्जय राजभरको अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीको प्रमुख अतिथ्यतामा एक कार्यक्रम बिच भब्यताका साथ उदघाटन गरिएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले खेल खेल्दा अनुसासनमा रहि खेल्नुपर्ने आवश्यक रहेको बताउनु भयो। खेलकुदले मानिसलाई स्वस्थ्य राख्न निकै महत्त्वपूर्ण भुमिका रहने भएकोले खेलकुद मार्फत स्वस्थ्य रहन र जीवन निर्वाह गर्न ब्यवसयिक रुपले खेललाई पेशाको रुपमा युवाहरुले स्विकार्नुपर्ने कुरामा जोडदिनु भयो।


त्यस्तै पालिका उपाध्यक्ष बासमति हरिजनले खेलकुद बिकासका लागि गाउपालिकाले विशेष ध्यान दिइएको भन्दै खेलाडीहरु खेलप्रति रुचि राख्नुपर्ने आवश्यक रहेको बताउनु भयो।


त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष छाेटेलाल गुप्ताले खेलाडीहरुले चाडपर्व लच्छित खेल सन्चालन नगरेर यसलाई हमेशा निरन्तर्ता दिन अनुरोध गर्नुभएको थियोे ।

खुल्ला पुरुष कपर्दी प्रतियोगितामा ३० कपर्दी समुहकाे सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने समुहलाई २० किलो खसी,दृतिय हुने समुहलाई ३० किलाे कुखुराकाे मासु र तृतीय हुनेलाई २० किलो कुखुराकाे मासु प्रदान गरिने छ भने सान्त्वना हुने समुहलाई १० किलाे कुखुराकाे मासु प्रदान गरिने छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित